०९ जेठ २०८१, बुधबार

लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

कान्छो खवर । शुक्रबार, चैत्र २३, २०८०

गाईघाट २३ चैत ।

प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको छ ।जिल्ला अदालत उदयपुरले २०८० जेष्ठ १४ गते २ महिना ११ दिन कैद र २७ हजार जरिवानाको फैसला तोकेको तर फरार रहेका त्रियुगा नगरपालिका ३ मोतिगडाका २८ बर्षिय नबिन चौधरी पक्राउ परेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

घरमै लुकेर बसेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला बाट खटिएको प्रहरीको बिशेष टोलिले बिहान पक्राउ गरेको हो ।ऊनी लागूऔषध कारोबारमा सङ्लग्न हुँदा फरार रहेका थिए ।ऊनी माथि प्रहरीले लागूऔषध कारोबारमा मुद्दा  चलाएको थियोे ।उनलाई फैसला कार्यान्वयनको लागि शुक्रबार दिउसो अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्