कान्छो खवर । मंगलबार, चैत्र २०, २०८०

गाईघाट २० चैत ।
कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रका बासिन्दा र चुनढुङ्गा ढुवानीमा सङ्लग्न टिफर मजदुर बीच बिगत केहि दिन देखि भैरहेको बिबाद अझै समाधान हुन सकेको छैन । खानी क्षेत्रका बासिन्दाले विभिन्न माग राखेर चुनढुङ्गा ढुवानीमा अबरोध गरेको कारण तीन देखि चुनढुङ्गा ढुवानी हुन सकेको छैन। यता टिफर ब्याबसायमा आवद्ध मजदुरहरुले चुनढुङ्गा ढुवानीमा भैरहेको अवरोध हटाइ नियमित काम सुचारु गर्न नगरपालिका , प्रहरी प्रशासन सङ माग गर्दै आइतबार कटारी बजारमा शान्तिपुर्बक प्रदर्सन गरेका छ्न।
स्थानिय बासिन्दा र मजदुरको माग अझै सम्बोधन हुन नसक्दा यति बेला सिमेन्ट उधोगलाई बढी असर परेको छ ।सिमेन्टको पिक सिजन सुरु हुने बेलामा चुनढुङ्गाको अभावमा उधोगको उत्पादनमा असर पर्न गएको छ ।सिमेन्ट बढी बिक्रि हुने सिजनमा उत्पादनमा असर पर्दा उद्योगलाई आर्थिक नोक्सानी हुनजाने उद्योगका एक कर्मचारीले बताए ।
ती कर्मचारीले बार्ताको माध्यम बाट तत्काल समस्या समाधान गरीनु पर्ने बताए ।तर अहिले सम्म चुनढुङ्गा ढुवानीको अबरोध हटाउने तर्फ कतै बाट पहल नभएको उनले बताए ।
कटारी नगरपालिकाका मेयर राजेश श्रेष्ठले नगरपालिकाले बार्ताको माध्यम बाट समस्याको हल गर्न लागेको बताए ।उनले सिमेन्ट सन्चालक बाट समेत केहि माग पुरा नभएकोले खानि क्षेत्रका बासिन्दा आन्दोलित भएको बताए ।मैले सिमेन्ट उद्योगको सन्चालक लाई बार्ताको लागि बोलाएको छु।अब बार्ता बाट समस्या हल हुन्छ होला ।उनले भने ।
खानी क्षेत्र ८ का बासिन्दाले सिमेन्ट उधोगले नगरपालिका सङ गरेको सम्झौता पुरा गर्नु पर्ने , खानी आसपासका बस्तीलाई उचित ब्यबस्थापन गर्नुपर्ने , उचित मुआब्जाको ब्यबस्था , बाताबरणिय प्रभाव मुल्यांकन कार्यान्वयन , आईएलओ १६९ कार्यान्वयन गर्नुपर्ने माग राखेर बिहिवार देखि चुनढुङ्गा ढुवानीमा अवरोध गर्दै आइरहेका छ्न । उनिहरु लाई नेपाल कम्युनिस्ट पार्टी उदयपुरले समेत समर्थन गरेकोछ । पार्टीले हिजो सोमबार सौर्य सिमेन्टको दादागिरी र स्थानिय जनताको न्यायपुर्ण आन्दोलन शीर्षकमा प्रेस बीज्ञप्ति जारी गरेर आन्दोलनमा सहयोग गर्ने जनाएको छ ।