०७ साउन २०८१, सोमबार

जेसिज उदयपुरको कार्यक्रममा १ सय ३२ जनाले रक्तदान गरे

कान्छो खवर । शनिबार, चैत्र १७, २०८०

गाईघाट १७ चैत ।
उदयपुर जेसिज बर्ष २०२४ द्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा सनिवार १ सय ३२ जनाले रक्तदान गरेका छ्न ।” सहजै रगत उपलब्धताको लागि रक्तदान जीवनदान ” भन्ने मुल नाराको साथ नेपाल रेडक्रस उदयपुर र उदयपुर जेसिजको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय ३ जना पुरुष र २९ जना महिलाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा जेसिज उदयपुरकी उपाध्यक्ष डा. निर्मला चौधरीले बताइन् ।

उनले अहिले सम्मको जानकारी अनुसार सबै भन्दा बढी ब्यक्तिले रक्तदान गरेको यो पहिलो भएको बताइन् ।यस अघि १ सय १२ जनाले एकै दिन रक्तदान गरेका थिए ।जेसिज उदयपुरले यस् अघि पनि विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । कार्यक्रम संयोजक चौधरीले जेसिज उदयपुरले आगामी दिनमा मानबिय छेत्रमा थप कार्यक्रम संचालन गरिने बताइन ।

यहाँ कमेन्ट गर्नुहोस्