२४ आषाढ २०८२, मंगलबार

२४ आषाढ २०८२, मंगलबार

तीन फरार प्रतिवादी पक्राउ

कान्छो खवर । बिहिबार, चैत्र १५, २०८०

गाईघाट १५ चैत ।
प्रहरीले बिहीबार तीन फरार प्रतिवादी पक्राउ गरेको छ।जिल्ला अदालत उदयपुरले विभिन्न मितिमा कैद सजाय र जरिवानाको फैसला गरेको फरार लागूऔषध र चेक अनादर मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।लागूऔषध मुद्दामा १ महिना ८ दिन् कैद सजाय पाएका त्रियुगा नगरपालिका ११ साकेला टोलका माइला भन्ने ३७ बर्षिय राजकुमार राई र सोही मुद्दामा २ हजार जरिवानाको फैसला भएको त्रियुगा ६ का मनोज सदालाइ पक्राउ गरिएको उनले बताए।

त्यसैगरी चेक अनादर मुद्दामा अदालत बाट २ बर्ष कैद सजाय पाएका उदयपुरको ताप्लि गाउपालिका २ लाप्लि गाउका कासिराम श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका उनिहरुलाई फैसला कार्वान्बयनको लागि अदालतमा बुझाइएको एसपि रमेश थापाले बताए ।जिल्ला प्रहरी कार्यालय बाट खटिएका बिशेस प्रहरीको टोलिले उनिहरु लाई लुकेर बसेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्