०७ साउन २०८१, सोमबार

कोसीमा बेपत्ता ३ बालबालिका मध्य २ को शब फेला

कान्छो खवर । बुधबार, चैत्र १४, २०८०

गाईघाट १४ चैत ।
दुधकोशीमा हराई रहेका ३ बालबालिका मध्य २ बालबालिकाको शब फेला परेको छ। बुधबार १२ बर्षिया रेखा मगरको शब फेला परेको प्रहरीले जनाएको छ ।मङ्गलबार ८ बर्षिय रिदम मगरको शब फेला परेको थियोे ।

होलि खेलेर कोशिमा नुहाउने क्रममा आइतबार दिउसो ३ जना बालबालिका बगेर बेपत्ता भएका थिए ।त्रियुगा नगरपालिका १४ साउनेका ८ जनाको समुहमा बालबालिका कोसीमा नुहाउन गएका थिए ।५ जनाको भने तत्काल स्थानियले देखेर उद्धार गरेका थिए ।

बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको थियोे ।गोताखोरको टोलि फर्किए पछी मङ्गलबार दिउसो छिर्लिङ भन्ने ठाँउमा रिदमको शब खोजि कार्यमा जुटेका स्थानिय गाउलेहरुले फेला पारेका थिए ।
बेपत्ता ३ मध्य अब लोक बहादुर फेला पर्न बाकी रहेको प्रहरीले जनाएको छ। ऊनी पनि जिवित नरहेको हुन सक्ने गाउले प्रेम मगरले बताए ।प्रहरी सहितको टोलिले उनको खोजी गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्