कान्छो खवर । मंगलबार, चैत्र १३, २०८०
गाईघाट १३ चैत ।
नेकपा एमालेका बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले कोशी प्रदेशमा अब एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छ्न ।केन्द्रमा भएको गठबन्धन फेरबदलले अब सातै वटा प्रदेशमा सरकार परिवर्तन हुने र कोसीमा सरकारको नेतृत्व एमालेले लिने उनले बताए ।
नेकपा एमाले उदयपुरको ९ औं जिल्ला अधिबेशन उद्घाटनका लागि आइपुगेको पोख्रेलले प्रेस चौतारी उदयपुरले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आगामी २०८४ को निर्वाचनमा एमाले कसै सङ गठबन्धन नगरी चुनावी मैदानमा एक्लै उत्रने र एकमना सरकार बनाउने बताए ।उनले एउटा गठबन्धन् भत्किएर अर्को बनेको अहिलेको परिस्थितिमा अब अर्को गठबन्धन बन्न नसक्ने बताए ।
उपाध्यक्ष पोख्रेलले अहिलेको परिस्थितिमा बाम गठबन्धन र समाजबादि मोर्चामा सहभागी हुन एमालेले कुनै योजना नबनाएको बताए । हिजो एमाले सिध्याने तयारीमा काङ्ग्रेस सहितको गठबन्धन लागेकोले त्यस लाई जसरी भए पनि भत्काउने योजना अनुरुप गठबन्धन तोडेको उनले बताए ।