३१ भाद्र २०८१, सोमबार

कोसीमा हराईरहेका बालबालिका अझै भेटिएन , गोताखोर टोलि फिर्ता

कान्छो खवर । मंगलबार, चैत्र १३, २०८०

गाईघाट १३ चैत ।

दुधकोशीमा हराइरहेका तीन बालबालिकाको खोजीमा परिचालन गरिएको सशस्त्र प्रहरीको गोताखोर टोलि फिर्ता भएको  छ । होलि खेलेर कोशीमा नुहाउने क्रममा आईतवार दिउसो देखि हराइरहेका उनिहरुको खोजीमा जुटेका गोताखोर टोलिले हराइरहेका उनिहरु लाइ फेला पार्न नसके पछी मंगलबार टोलि फिर्ता भएको  हो ।

नुहाउने क्रममा त्रियुगा नगरपालिका १४ साउनेका १२ बर्षिया रेखा मगर , बर्ष ९ का रिदम मगर र  बर्ष १२ का लोक बहादुर मगर कोसीमा बेपत्ता भएका थिए ।प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले खोजीमा सङलग्न सशस्त्रको गोताखोर टोलिले बालबालिका  फेला पार्न नसके पछी टोलि फिर्ता भएको  बताए ।

सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालय पकलि सुनसरी बाट प्रहरी निरीक्षकको कमान्डमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोलि आइतबार साझ देखि खोजीमा जुटेका थिए ।उनिहरुले घटना स्थल देखि झन्डै २ किलोमिटर तल जमेको पानी रहेको सबै  ठाउँमा बेपत्ता बालबालिकाको खोजीमा जुटेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्