०८ जेठ २०८२, बुधबार

मोटरसाइकलको ठक्करबाट ४ बर्षिया बालिका घाइते

कान्छो खवर । शनिबार, चैत्र १०, २०८०

गाईघाट  १० चैत  ।

त्रियुगा नगरपालिका ७ चुहाडेमा सनिवार दिउसो  मोटरसाइकलको ठक्करबाट ४ बर्षिया बालिका घाइते भएकी छिन ।उदयपुरको रौतामाई बाट चुहाडे तर्फ आउदै गरेको प्र -१-०५-००१ प २७१३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा एलिसा माझी घाइते भएको  प्रहरीले जनाएको छ।

टाउकोमा चोट लागेको उनको जिल्ला अस्पताल गाईघाटमा उपचार पछि थप उपचारको लागि बिराटनगर स्थित न्युरो अस्पताल लगिएको छ ।मोटरसाइकल चालक रौतामाई गाप ७ का बिमल मगर र सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्