०७ साउन २०८१, सोमबार

खोटाङमा ट्याक्टरले किचेर एकको मृत्यु

कान्छो खवर । बिहिबार, चैत्र ०८, २०८०

गाईघाट  ८ चैत  ।

खोटाङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।दूधकोशीबाट बालुवा बोकेर एसेलुखर्क बजार जादै  गरेको न. ४ त ७८०६ न . को ट्याक्टर बाट लडेर गम्भीररुपमा घाइते एसेलुखर्क गाउपालिका ६ ज्यामिरेका ५१ बर्षिय रण बहादुर पोखरेलको बुधबार राति उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको  छ ।

मलामि गएर  पोखरेल घर फर्कदै गर्दा बालुवा  बोकेको ट्याक्टर  चढेका थिए ।घर नजिकै आए पछी ओर्लने क्रममा सडकमा लडेका उनलाई त्यहि ट्याक्टरले किच्दा गम्भीर घाइते भएका थिए  ।उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र एसेलुखर्क लगिएकोमा राति उपचारको क्रममा उनको मृत्यु  भएको खोटाङ प्रहरीका प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।ट्याक्टरको चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।शबको पोस्टमार्टम पछी आफन्तलाई जिम्मा दिएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्