०७ साउन २०८१, सोमबार

मैनामैनी जिप दुर्घटना: मृतकको संख्या ७ पुग्यो

कान्छो खवर । बिहिबार, चैत्र ०१, २०८०

क्षेतिग्रस्त गाडी

गाडी दुर्घटना समाचार  उपडेड

गाईघाट  १ चैत  ।

उदयपुरको मैनामैनिमा भएको बोलेरो जिप दुर्घटनामा परी मर्नेको संख्या ७ पुगेको छ ।सुनसरीको इटहरी देखि भोजपुरको चुहाड तर्फ जादै गरेको को .१ ज २५९३ नम्बरको बोलेरो गाडी बिहीबार बिहान १०.३० बजे उदयपुरको बेलका नगरपालिका ७ मैनामैनि स्थित बाखाबुमामा भिर देखि झन्डै ४ सय मिटर  तल खसेको प्रहरीले जनाएको छ ।

१५ यात्रु बोकेर गन्तव्य तर्फ हिडेको उक्त गाडी दुर्घटनामा ७ जनाको घटनास्थल मै  मृत्यु भएको  प्रहरीले जनाएको  छ ।मृतकको पहिचान खुल्न सकेको  छैन ।दुर्घटनामा ३ पुरुष ,३ महिला र  डेढ बर्षिय १ बालकको मृत्यु भएको प्रहरीले जनाएको  छ । जिप दुर्घटनामा घाइते  अन्य ८ जनालाई प्रहरीले उद्धार गरेर धरान स्थित बिपि स्वास्थ बिज्ञान प्रतिष्ठान लगिएको  उदयपुरका प्रहरी प्रमुख एसपि रमेश थापाले बताए ।गाडी दुर्घटना बारे केहि खुलेको छैन ।ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको  अनुमान गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्