०७ साउन २०८१, सोमबार

दुध कोशीमा बेपत्ता डुङ्गा चालक अझै फेला परेनन

कान्छो खवर । शनिबार, फाल्गुण २६, २०८०

गाईघाट  २६ फागुन  ।

दुध कोशीमा डुबेर हराइरहेका डुङ्गा चालक अझै फेला पर्न सकेको छैन भोजपुर र उदयपुरको सिमा भएर बग्ने दुध कोशीमा गत बिहीबार बिहान डुबेर बेपत्ता उदयपुरको चौदन्डिगढि नगरपालिका १ का ५४ बर्षिय एक राज थापाको खोजी कार्य जारी रहेको भए पनि उनको अबस्था ज्ञात हुन सकेको छैन ।

भोजपुर देखि उदयपुर आउदै गर्दा चौदन्डिगढि १ स्थित कोक्सुलुङ घाटमा डुङ्गा बाट  दुइ महिलालाई उतारेर डुङ्गा घुमाउने क्रममा ठोक्किएर दुर्घटना भएकोमा ऊनी कोशीमा खसेका थिए । डुङ्गामा दुई मात्र यात्री थिए ।

घटना लगत्तै प्रहरीलाई दुर्घटनाको जानकारी आएकोमा ईलाका प्रहरी कार्यलय बेल्टार  देखि सुरक्षाकर्मिको टोलि पठाएर बेपत्ताको खोजीमा जुटेको ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक ओम प्रकाश पुनले बताए ।खोजीमा शसस्त्र प्रहरी बल बाट ९ जना उद्गार टोलि आएर खोजी गरिरहेको उनले बताए ।

तीन दिन  देखि खोजि कार्य भैरहेको भय पनि डुङ्गा चालकको अबस्था पत्ता लाग्न नसकेको उनले बताए ।बेपत्ता चालकको तर्फ बाट अझै घटनाको बारेमा कुनै जाहेरी नपरेको उनलेे बताए  ।हामीले नै  परिबारको सदस्यलाई जानकारी गराएका छौ  ।

यहाँ कमेन्ट गर्नुहोस्