कान्छो खवर । शनिबार, फाल्गुण १९, २०८०

गाईघाट १९” फागुन ।
हिजो साझ कटारी ७ मजेतपुरमा भएको बोलेरो जीप दुर्घटनामा गम्भीररुपमा घाइते भएकी कटारी ८ थलियाकि ३३ बर्षिया लालकुमारी तामाङको उपचारको क्रममा बिराटनगरमा सनिवार बिहान मृत्यु भएको छ ।
गाडीको ब्रेक फेल भएर सडक देखि झण्डै २ सय मिटर तल खसेको गाडीमा सवार कटारी ८ का ६५ बर्षिय बीर बहादुर तामाङको घटना स्थलमा नै मृत्यु भएको थियोे ।उक्त गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको प्रहरीले जनाएको छ ।घाइते मध्ये अन्य ६ जनाको बिराटनगरमा उपचार भैरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्