०७ साउन २०८१, सोमबार

मृत अबस्थामा एक युवकको शब फेला

कान्छो खवर । शनिबार, फाल्गुण १९, २०८०

गाईघाट १९ फागुन  ।

गाईघाट – फत्तेपुर सडकखण्डको भुल्केमा निर्माणधिन सडकमुनि बिछ्याइएको होमपाईपमाथी एक पुरुषको शव  सनिवार बिहान भेटिएको छ । शब नजिकै स-२ प ६६२२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अबस्थामा भेटिएकोले सडक दुर्घटना बाट युवकको मृत्यु भएको आसङ्का गरीएको छ ।

मृतक त्रियुगा नगरपालिका २ मोथिहाईका २२ बर्षिय आनन्द् चौधरी रहेको खुल्न आएको  छ ।उनि उदयपुरगढि गाउपालिकाको नेपालटार बजारमा  मोटरसाइकल ग्यारेजमा हेल्परको रूपमा काम गर्दै आएका थिए ।हरेक शुक्रबार ऊनी साझ घर मोथिहाई आउने गरेका थिए ।

घटना शुक्रबार रातिको भएको अनुमान गरिएको छ ।बिहान् बाटो हिड्ने बटुवाले शब लडिरहेको देखे पछि प्रहरीलाई खबर गरिएको थियोे ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ  ।

यहाँ कमेन्ट गर्नुहोस्