०७ साउन २०८१, सोमबार

प्रहरी द्वारा २१ फरार प्रतिवादी पक्राउ

कान्छो खवर । बिहिबार, माघ १८, २०८०

गाईघाट   १८ फागुन  ।

प्रहरीले  विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला अदालत उदयपुरले  विभिन्न मुद्दामा कैद जरिवानाको फैसला गरेकोमा उनिहरु  लामो समय देखि फरार रहेका थिए ।

प्रहरीको बिशेश टोलिले ३ दिन भित्र उनिलाई घरमा लुकेर बसेको बेला पक्राउ गरेको हो ।पक्राउ परेका उनिहरु चेक अनादर , सार्बजनिक अपराध , जालसाजी , लूटपात , गाली ब्यजत्ति , झुठो बकपत्र र सम्बन्ध बिचेद मुद्दामा कैद सजाय पाएर फरार सुचीमा रहेकोे प्रहरीले जनाएको छ ।पक्राउ गरिएका उनिहरुलाई फैसला कार्यान्वयनको लागी शुक्रबार जिल्ला अदालत उदयपुर पठाइएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्