कान्छो खवर । शुक्रबार, फाल्गुण ११, २०८०
गाईघाट ११ फागुन ।
ट्रकलाई ओभरट्रेक गरेर अघि बढन खोजदा भएको सवारी दुर्घटनामा शुक्रबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ८ झोडामा बिहान १०.३० बजे भएको दुर्घटनामा परी उदयपुरगढि गाउपालिका ३ नेपालटारका ३४ बर्षिय रतन तामाङको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतककि श्रीमती सरिता तामाङ गम्भीररुपमा घाइते भएकोमा उनलाई उपचारको लागि बिराटनगर लगिएको छ ।मदन भण्डारी लोकमार्गको नेपालटार बाट गाईघाट तर्फ आउदै गरेको को .२८ प ७०८६ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको प्र .१-०५-०१ क.००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्रकका चालक त्रियुगा नगरपालिका ११ का ४० बर्षिय बिनोद कुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हरिनन