०४ आषाढ २०८१, सोमबार

भरुवा बन्दुक सहित २ पक्राउ

कान्छो खवर । शनिबार, माघ २७, २०८०

गाईघाट २७ माघ ।

प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको  छ ।उदयपुरको बेलका ६ का दिपेश राईको घर शुक्रबार खानतलासि गर्ने क्रममा १ थान अबैध भरुवा बन्दुक  तेसमा प्रयोग हुने  बारुद  लागूऔषध ट्रामाडोल १२ चक्कि र गाजा ५१० ग्राम बरामद गरिएको प्रहरीले  जनाएको  छ ।

प्रहरीले गैरकानुनी रूपमा हतियार राखेको अभियोगमा दिपेश र सोही नपाको  वडा नम्बर ९ का ३० बर्षिय भुपेन्द्र राईलाइ नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको प्रहरीले जनाएको  छ ।

यहाँ कमेन्ट गर्नुहोस्