३१ भाद्र २०८१, सोमबार

मन्त्री किराती द्वारा निर्माणधिन सगरमाथा बिमानस्थलको निरीक्षण

कान्छो खवर । शुक्रबार, माघ २६, २०८०

मन्त्री किराती महानिर्देशकलाई निर्माणको काम द्रुत गतिमा सुरु गर्न फोन मार्फत निर्देशन दिदै

गाईघाट २६ माघ ।

सस्कृति, पर्यटन , तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्माणधिन सगरमाथा बिमान स्थलको शुक्रबार स्थलगत निरीक्षण गरेकाछ्न ।

उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा निर्माण भैरहेको उक्त बिमान स्थलको निर्माण कार्य निकै सुस्त गतिमा भैरहेको अबस्थामा मन्त्री किरातीले अचानक बिमान स्थलको निरीक्षण गरेर काम बारेमा जानकारी लिएकाहुन ।

मन्त्री किरातीलाई बिमान स्थल निमार्ण समितिका अध्यक्ष बीरेन्द्र बस्नेतले बजेट अभावमा निर्माणको काम सुस्त गतिले भैरहेको बताउदै निर्माण सुरु हुनु अघि देखिको गतिविधि बारे जानकारी गराएका थिए । बस्नेतले मन्त्री किरातीलाइ पर्याप्त बजेटको व्यबस्था गरिदिन समेत अनुरोध गरेकाछ्न ।

मन्त्री किरातीले अबलोकन स्थलबाटै मन्त्रालयका महाप्रबन्धकलाई फोन गरि  बिमान स्थलको काम द्रुत गति बाट अघि बढाउन निर्देशन गरेका थिए  ।उनले सो अबसरमा दक्षिण तर्फ भारतका पर्यटक भित्र्याउन र माउन्टेन फ्याइटको लागि निर्माणधिन  बिमान स्थल कोसेढुंगा साबित हुने बताए ।

बिमान स्थल निर्माण गर्नु भन्दा सन्चालन गर्न कठिन हुने भएको उल्लेख गर्दै  बिमानको अभावमा अहिले मुलुक भरि २२ वटा बिमान स्थल जहाजको अभावमा बन्द भएको  उनले बताए  ।

 

यहाँ कमेन्ट गर्नुहोस्