१९ फाल्गुण २०८०, शनिबार

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

कान्छो खवर । बिहिबार, माघ २५, २०८०

गाईघाट २५ माघ  ।

मदन – भण्डारी राजमार्ग अन्तरगत गाईघाट बेल्टार सडक खण्डको असारीमा बिहीबार दिउसो भएको मोटरसाइकल दुर्घटनामा परी एक युबाको मृत्यु भएको छ ।

गाईघाट देखि पुर्ब तर्फ जादै गरेको प्रदेश १ -०५-००१-४०८५ नम्बरको मोटरसाइकल त्रियुगा नगरपालिका १३ असारी सडकमा दिउसो दुर्घटना हुँदा चालक त्रियुगा नपा ११ पुरानो पेट्रोलपम्प टोलका २२ बर्षिय किरण कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको  छ । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने त्रियुगा १० बासबारीका २१ बर्षिय सुनिल दहाल गम्भीररुपमा घाइते भएकोमा उपचारको लागि बिराटनगर लगिएको ट्राफिक प्रहरी इन्चार्ज सुन्दरश्याम  पोख्रेलले  बताए ।

तीब्र गतिको कारण मोटरसाइकल अनियंत्रित हुँदा दुर्घटना भएको  ट्राफिक प्रहरीले जनाएको  छ।

यहाँ कमेन्ट गर्नुहोस्