०४ आषाढ २०८१, सोमबार

काठ बोकेको ट्रक सहित २ जना पक्राउ

कान्छो खवर । मंगलबार, माघ २३, २०८०

गाईघाट २२ माघ ।

प्रहरीले अबैध गोलिया काठ बोकेको ट्रक सहित २ जनालाई सोमबार साझ पक्राउ गरेको छ । उदयपुरको ताप्लि बाट  सुनसरीको इनरुवा तर्फ निकासी हुँदै गरेको  ५ सय सेफ्टि उतिस जातको गोलिया काठ बोकेको ना ५ ख १५१ नम्बरको ट्रक सहित गाडीका चालक पर्सा बिरगंज उपमहानगरपालिका १० का ३६ बर्षिय बलराम गिरि र सह चालक ताप्लेजुङ  फुङलिङ नगरपालिका ३ का २३ बर्षिय राजेश सुनुवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको  छ   ।

निकासी अनुमति नभएको र  टाचा नलगाइएको पाइए पछी ट्रक सहितको उनिहरुलाई नियन्त्रणमा लिएर  डिभिजन बन कार्यलय  गाईघाटमा बुझाइएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए  ।

यहाँ कमेन्ट गर्नुहोस्