२१ आश्विन २०८१, सोमबार

बजेट निर्माणमा पुरानो र परम्परागत प्रक्रिया तोडिने : प्रधानमन्त्री दाहाल

कान्छो खवर । शनिबार, माघ २०, २०८०

भुटार  २०  { उदयपुर }

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बजेट नया ढंगले बनाउन लागिएको बताएका छ्न ।उनले पुरानो  र परम्परागत रूपमा बनाउदै आएको बजेट    प्रक्रिया तोडेर नंया ढंगले बजेट बनाउन लागेको  बताए ।

उदयपुरको रौतामाई गाउपालिकाको भुटारमा आज सनिवार नब निर्मित प्रशासकिय भबनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अब पुरानो परम्परा तोडेर जनप्रतिनिधि र जनता सङ सुझाव लिएर मात्र बजेट निर्माण गरिने बताए ।

बिगतमा हामीले अर्थ मन्त्रालय र रास्ट्रिय योजना आयोग मार्फत बनाउदै आयोग बजेट अब भने जनताको सुझाव लिएर  मात्र बनाउन लागिएको बताए ।

अब ३ करोड भन्दा कमको योजना प्रदेश र स्थानिय तह लाई जिम्मेवारी दिइने समेत तयारी भैरहेको उनले बताए ।सानो , सानो टुक्रे योजना बितरण गरिदा प्रभाबकारि रूपमा बिकास हुन नसकेको उल्लेख  गर्दै उनले अब ठुलो योजना मात्र सन्चालन गरिने बताए

प्रधानमन्त्री दाहालले अब सरकारले रुग्न उधोग र कलकारखान संचालन गर्ने तयारी सुरु गर्न लागेको  बताए ।बिगतमा सरकारले निजीकरणको नाममा सस्तो मुल्यमा उद्योग , कलकारखाना बिक्री गर्दा  मुलुकको आर्थिक अबस्था कम्जोर हुन गएकोले अब कृषिमा आधारित उद्योग घन्दा संचालन गर्न सरकार लागी परेको उनले बताए ।

हेटौंडा कपडा उधोग , गोरखकालि रबर , भृकुटी कागज कारखाना उधोग अब सन्चालन गर्न लागिएको उनले बताए ।उनले  भारत र चाइना भ्रमणमा जादा आफुले कृषिमा आधारित उद्योग खोल्ने बारे सहमति भएको समेत बताए ।

उनले अब सरकारले  १० हजार  ८ सय मेगावाटको कालीगण्डकी जलविद्युत् योजना सुरु गरेर  मुलुकको आर्थिक समृद्धिमा नया आयात थप्न लागेको बताए  ।  झन्डै ७ करोड ८७ लाख रुपैयाको लागतमा निर्मित प्रशाकिय भबनको उद्घाटन कार्यक्रममा  गाउपालिकाका प्रमुख बीरेन्द्र मगरले पुवारे  भुटार  सडक मार्गको स्तरउन्नतिको लागि बजेट बियोजन गर्न माग पत्र  पेश गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्