०७ साउन २०८१, सोमबार

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कान्छो खवर । आइतबार, माघ १४, २०८०

गाईघाट १४ माघ  ।

प्रहरीले ज्यान मार्ने उघोगमा फरार प्रतिवादी पक्राउ गरेको छ। जिल्ला अदालत उदयपुरले  ज्यान  मार्ने मुद्दामा  ५ बर्ष कैद सजाय तोकेको उदयपुरको कटारी नगरपालिका ५ बस्ने किरण राई भन्ने चेत राज राईलाई  सनिवार पक्राउ  गरेको  हो    ।

घटना पछि  फरार रहेका राईलाइ प्रहरीले ललितपुर महनगरपालिका ३ साझा पेट्रोल पम्प बाट पक्राउ गरि उदयपुर ल्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको  छ । राईले  कस्लाई हत्या गर्ने प्रयास गरेको  भन्ने बारे  केहि खुलाएको  छैन  ।

पक्राउ परेका राईलाइ आइतबार फैसला कार्यान्वयनको लागि उदयपुर अदालतमा आइतबारमा पेश गरि  म्याद थप गरिएको  प्रहरी  नायब  उपरीक्षक  हरिनन्दन चौधरीले बताए  ।

यहाँ कमेन्ट गर्नुहोस्