१९ फाल्गुण २०८०, शनिबार

७ फरार प्रतिवादी पक्राउ

कान्छो खवर । बिहिबार, पुष २६, २०८०

गाईघाट २६ पौष ।
प्रहरीले कोसी प्रदेशको मोरङ, उदयपुर ओखलढुंगा र सोलुखुम्बु जिल्लाको विभिन्न स्थानबाट विभिन्न मुद्दामा फरार ७ जना फरार प्रतिवादी पक्राउ गरेको छ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत चोरी मुद्दाका २, ठगि मुद्दाका १ , अभद्र व्यबहार मुद्दाका २ र सम्बन्ध बिच्छेद मुद्दाका २ जनालाई बुधबार खोजतलास गर्ने क्रममा पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।पक्राउ गरिएका उनिहरुलाइ तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सम्बन्धित अदालतमा उपस्थित गराई
कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्