१९ फाल्गुण २०८०, शनिबार

सडक दुर्घटनामा एकको मृत्यु

कान्छो खवर । बुधबार, पुष २५, २०८०

सान्केतिक फोटाे

गाईघाट २५ पौष ।
गाडीको ठक्कर बाट बुधबार साझ एक साईकल यात्रीको मृत्यु भएको छ।मदन भण्डारी राजमार्ग अन्तरगत त्रियुगा नगरपालिका ८ साइखोला स्थित सरस्वति खोला र साईखोला बिचमा बेलुकी ७ बजे चुहाडे देखि गाईघाट तर्फ आउदै गरेको साईकल यात्रीलाई बिपरित दिशा देखि आउदै गरेको प्रदेश १-०५- प-०१ ज ००३५ नम्बरको इलेक्टि्रकल गाडीले ठक्कर दिदा रौतामाई गाउपालिका ७ का बर्ष ३५ का तुलसी मगरातिको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी इन्चार्ज लोक राज दियालिले बताए ।

प्रहरीले गाडीका चालक त्रियुगा नगरपालिका १ जोगिदहका ४५ बर्शिय किशोर बाबु पान्डेलाई पक्राउ गरेको छ।घटनाको अनुसन्धान भैरहेको इन्चार्ज दियालिले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्