१९ फाल्गुण २०८०, शनिबार

बिष्ट कोशी प्रदेशको सभामुखमा चयन

कान्छो खवर । मंगलबार, पुष २४, २०८०

गाईघाट २३ पौष ।

कोशी प्रदेशको सभामुखमा रास्ट्रिय प्रजातन्त्र पार्टीका अमर बहादुर बिष्ट चयन भएकाछ्न । मंगलबार बसेको प्रदेशसभा बैठकले उनलाई सर्बसम्बत सभामुखमा चयन गरेको हो ।बैंक पछि उप – सभामुख सिर्जना दनुवारले सभामुखमा बिष्ट चयन भएको घोषणा गरिन ।

सभामुखमा उनलाई गठबन्धन दल र प्रतिपक्ष नेकपा एमाले ले समर्थन गरेको थियोे ।तत्कालीन सभामुख नेकपा माओबादिका बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेपछि सभामुख पद रिक्त थियोे ।

विद्यार्थी कालमा कम्युनिस्ट पार्टीमा झुकाब भएका उनि २०३२ साल देखि पन्चायत समर्थक हुदै राजनीतिमा आएका थिए ।इमानदार छबि बनाएका उनि लामो समय झापा जिल्ला पन्चायतका उप – सभापति रहेका थिए । ७० बर्शिय उनि झापा जिल्ला बाट प्रदेश सभासदमा निर्बाचित थिए ।

यहाँ कमेन्ट गर्नुहोस्