१९ फाल्गुण २०८०, शनिबार

गाजा सहित १ पक्राउ

दुई दिनमा ४ कारोबारी पक्राउ

कान्छो खवर । शनिबार, पुष १४, २०८०

बरामद गाजा सहित राई

गाईघाट १४ पौष ।
प्रहरीले १४ केजी ६० ग्राम गाजा सहित सनिवार दिउसो एक जना लाई पक्राउ गरेको छ। संखुवासभा खादबारी नगरपालिका ३ घर भै उदयपुरको कटारी नगरपालिका ४ सिम्ले बस्दै आएका ४९ बर्शिय सन्तोष राई लाई पक्राउ परेको प्रहरीले जनाएको छ।

राईले भान्साकोठामा खाडल खनि बोरामा लुकाएर राखेको अबस्थामा गाजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । पक्राउ परेका राई गाजा कारोबारी हुन सक्ने प्रहरीले जनाएको छ। गाजा कारोबारकै लागी उनि उदयपुरमा डेरा लिएर बस्ने गरेको हुन सक्ने भए पनि अनुसन्धान कै क्रम रहेको ले बिस्तृत विवरण आउन बाकी रहेको चौधरीले बताए ।
जिल्लाको उतर पश्चिम् क्षेत्रमा अबैध रूपमा गाजा खेती हुने गरेको छ। प्रहरीले बर्सेनि गाजा खेती नस्ट गर्दै आएको भए पनि गाजाको खेती भने रोकिएको छैन ।

माओबादि जनयुद्धकालमा जिल्लाको सो क्षेत्रमा गाजा खेती स्थानियबासिन्दाहरुले सुरुवात गरेका थिए । प्रहरीले शुक्रबार पनि बेलका नगरको सेतीखोला बाट ११ केजी ८२० ग्राम गाजा सहित ३ जना लाई पक्राउ गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्