०९ मंसिर २०८३, मंगलबार

प्रहरीले कटारीको विभिन्न ठाउदेखि ५ हजार गाजाको बोट नस्ट गरेको छ

कान्छो खवर । मंगलबार, मंसिर ०९, २०८३

गाईघाट  ८  मंसिर  ।

अबैध रूपमा गरिएको गाजा खेती नस्ट गर्ने अभियान अन्तरगत प्रहरीले सोमबार जिल्लाको पश्चिम् क्षेत्रको विभिन्न ठाउँमा  ५ हजार १ सय गाजाको बोट फडानी गरेको छ ।

ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ८ मर्जेपुर , आहाले र बलौटे स्थित जङ्गल क्षेत्रमा लगाएको गाजाको बोटहरु नस्ट गरेको हो ।

प्रहरीले गाजा तयारी गरेर बिक्रीवितरण हुने समयमा हरेक बर्ष अभियान कै रूपमा जिल्लाको पश्चिम् पहाडी क्षेत्रमा गाजा फडानी र नस्ट गर्दै आएको छ  । स्थानिय बासिन्दाले जङ्गल र आसपासको खोल्सी र घर क्षेउको बारीमा गाजा खेती गर्दै आइरहेका छन् ।

बर्षेनि गाजा फडानी अभियान संचालन हुदै आएको भए पनि स्थानियले गाजा खेती गर्न छाएका छैनन् ।

यहाँ कमेन्ट गर्नुहोस्