कान्छो खवर । बिहिबार, कार्तिक २७, २०८३
त्रियुगा नदिमा छ्ठ पुजाकोलागि घाट निर्माण गरिदै
गाईघाट २६ कार्तिक ।
निकै श्रद्धा र भक्तिभाबपुर्बक मनाइने छ्ठ पुजा आजदेखि बिधिबत रूपमा सुरु भएको छ ।पाच दिन सम्म मनाइने यो पर्बको पहिलो दिन ब्रतालुहरु चोखोनिदो भै शुद्ध हुने परम्परा छ ।
आज ब्रतको पहिलो दिन ब्रतालुहरुले कोदो र माछाको परिकारबाट बनेको खाद्य परिकार बर्जित गरि ब्रतको तयारी थाल्ने थाल्छन् ।
पर्बको दोस्रो दिन बिहिवार अर्थात भोलि नहाय- खाय विधि अपनाउने छ्न भने तेस्रो दिन पर्सि सनिवार ब्रतालुहरु दिनभरी उपबास बसि साझको समयमा बिधिपुर्बक सख्खर हालेर बनाइएको खिर कुलदेवता र छठीमातालाई चढाएर खरना विधि गरिने छ ।
आइतबार दिनभरी उपबास बसि साझपख ब्रतालुहरुले अस्ताउदो सुर्यलाई नदि , पोखरी र जलाशयमा गएर घरमा बनाइएको ठेकुवा , भुसुवा लगाएतका प्रसाद अर्घ्य अर्पण गर्ने चलन छ ।
छठ पर्बको समापन उदाउँदो सुर्यलाई अर्घ दिएर सोमबार बिहान हुने छ ।छ्ठ पुजाकोलागि यतिखेर त्रियुगा नदि , आसपासका पोखरी , तावा खोला सरसफाइ गरि घाट निर्माण गरिएको छ । उदयपुरमा छठ पुजा बर्सेनि भब्य रूपमा मनाउने गरिन्छ ।