कान्छो खवर । शनिबार, कार्तिक २२, २०८३
गाईघाट २१ कार्तिक ।
सरकारले उदयपुर सिमेन्ट उधोगको महाप्रबन्धकमा स्याङ्जाका रामचन्द्र पाण्डेलाई नियुक्ति गरेको छ ।
मन्त्रीपरिषदको कार्तिक १७ गते बसेको बैठकले उनलाई उघोगमा लामो समयदेखि रिक्त रहेकोे महाप्रबन्धकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
उधोग तथा बाणिज्य मन्त्रालयले असोज १९ गते उधोगको रिक्त संचालक समितिको सदस्यहरुको नियुक्ति गरेको हो ।सदस्यहरुमा दाङका आशिष् आचार्य , काठमाडौका प्रतिष्ठित लाल श्रेष्ठ र चितबनका बिबेक अधिकारी रहेका छन् ।
महाप्रबन्धकमा नियुक्ति भएका पाण्डे बित्त क्षेत्रका जानकार रहेको उधोगले जनाएको छ ।
सरकारले संचालक समिति र महाप्रबन्धकको नियुक्ति गरे पछी लामो समयदेखि बन्द रहेको उधोग संचालन हुनेमा स्थानिय र कर्मचारी आशावादी भएका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्