२० कार्तिक २०८३, बिहिबार

गगन थापालाई गाली नगर्नुहोस् उनको हाइट बढ्छ : शशांक कोइराला

कान्छो खवर । बिहिबार, कार्तिक २०, २०८३

गाईघाट  १९  कार्तिक  ।

नेपाली काङ्ग्रेसको १५ औं नियमित महाधिवेशनको केन्द्रिय संयोजक डा शशांक कोइरालाले गगन थापाको बिरोध नगर्न आग्रह गरेका छन्  । उनको बिरोध जति धेरै गरियो त्यति धेरै हाइट उनको बढेर जाने भएकोले बिरोध नगर्न उनले आग्रह गरेका छन् ।

नेपाली काङ्ग्रेसको उदयपुरको बिहिवार भएको  जिल्ला अधिबेशनको उद्घाटन गर्दै उनले गगन थापालाई धेरै महत्त्व नदिन  सुझाएका छन्  ।

बिपि कोइरालाले बिरोधि संग पनि नम्र भएर गर्ने   व्यबहार गर्नु हुन्थ्यो तपाईंहरुले पनि त्यही अनुसार सबै संग त्यस्तै ब्यबहार गर्नु होस ” थोरै कम बोलेका उनले भने ।

पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले विशेष महाधिवेशनको नामम गगन थापाले काङ्ग्रेस बिभाजन गरेको बताए । उनले  नियमित महाधिवेशनको मिति  घोषणा भैसकेको अबस्थामा गगनले आफू सभापति बन्नकोलागि विशेष महाधिवेशनको नाटक मन्चन गरेको बताए ।

उनले अहिले गगन माथि लागेको १८ करोडको कुरा सहि भएको बताए ।यो त अहिले ट्रेलर मात्र हो , आर्थिक अपचलन सम्बन्धि धेरै कुराहरु पछि खुल्दै जाने कुरा बताए ।

कोसी प्रदेशका पुर्ब मुख्य मन्त्री केदार कोइराला , पुर्ब मन्त्री भुपेन्द्र राई , पुर्ब मन्त्री एबम कोशी प्रदेशका प्रदेश सभा सदस्य रामकुमार खत्री , युवा नेता रामकुमार राईले समेत अधिबेशनमा मनतब्य व्यक्त गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्