२१ कार्तिक २०८३, शुक्रबार

रामपुरमा ठुलो परिणाम गाजा बरामद

कान्छो खवर । शुक्रबार, कार्तिक २१, २०८३

गाईघाट  २०  कार्तिक  ।

प्रहरीले रामपुरबाट ठुलो परिणाममा गाजा बरामद गरेको छ । केहि दिन अघि पनि प्रहरीले ट्रक सहितको गाजा बरामद गरेको थियो ।

बेलका नगरपालिका ७ स्थित तिलितलेबाट बिहिवार बिहान १० बजे बेवारिसे अबस्थामा २ हजार ८२० केजी ५०० ग्राम गाजा बरामद गरेको प्रहरीले जनाएको छ ।

गाजा कस्ले किन राख्यो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन । तर उक्त गाजा तस्करीकोलागि लुकाएर राखेको हुनसक्ने प्रहरीको भनाइ छ ।८५ वटा बोरामा प्याक गरिएको अबस्थामा गाजा बरामद गरिएको प्रहरीले दिएको सूचनामा उल्लेख छ ।

गाजा कस्ले राखेको भन्ने बारेमा केहि खुलेको छैन । प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीको टोलिले विशेष सूचनाको आधारमा गाजा बरामद गरेको एसपि राजन चापागाईंले बताए ।

बरामद गरिएको गाजा ईलाका प्रहरी कार्यालय रामपुरमा राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्