कान्छो खवर । बिहिबार, कार्तिक २०, २०८३
गाईघाट १९ कार्तिक ।
प्रहरीले उदयपुरको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । लागूऔषधको बिक्रीवितरण र कारोबार भैरहेको गोप्य सूचनाको आधारमा त्रियुगा र चौदण्डीगढी बाट उनिहरुलाई बुधबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा त्रियुगा नपा ३ हात्तीमाराबाट बर्ष २४ का अर्जुन रोक्का र उनका साथी संचित परियार रहेका छन् । प्रहरीले रोक्काको घर खानतलासी गरेर ७ वटा सानो सानो प्लास्टिकको पोको बनाएर लुकाएर राखेको अबस्थामा २.०८० ग्राम ब्राउन सुगर बरामद गरेको हो । परियारले प्रयोग गरेको प्र १-०५ .००१ प ८०३४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसै गरि प्रहरीले त्रिनपा १२ घर भै चौदण्डिगढी नगरपालिका ३ भोर्लेनीस्थित रामकुमार मगरको घरमा डेरा गरि बस्ने बर्ष २७ का सुशान्त राउतलाई साझ ४ बजे ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
प्रहरीले कोठा खानतलासी गरेर प्लास्टिकको पोको बनाएर राखेको अबस्थामा २५० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा थुनामा राखेर अनुसन्धान भैरहेको छ ।