कान्छो खवर । बिहिबार, कार्तिक २०, २०८३
गाईघाट १९ कार्तिक ।
नेपाली काङ्ग्रेस उदयपुरको बिहिवार भएको नियमित १५ ओ जिल्ला अधिबेशनले बसन्त बस्नेतलाई सभापतिमा चयन गरेको छ ।
त्यसै गरि उपाध्यक्षद्वयमा राजेन्द्र पौडेल , भक्तबहादुर रानामगर , सचीव द्वयमा बिष्णुप्रसाद कोइराला र टेकबहादुर दाहाल चयन भएका छन् । सहसचिवमा क्षत्र कार्की भएका छन् ।
अन्य सदस्य पदहरुमा उम्मेद्बारी परेकोले सर्बसम्मत गर्ने तयारी भैरहेको निर्वाचन समितिले जनाएको छ । कार्यसमितिका अध्यक्ष , उपाध्यक्ष , सचीव र सहसचिवमा निर्बिरोध भएको हो ।
अधिबेशनको उद्घाटन डा शशांक कोइरालाले गरेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्