१८ कार्तिक २०८३, मंगलबार

१८ कार्तिक २०८३, मंगलबार

देउवा काङ्ग्रेस उदयपुरको जिल्ला अधिबेशनको सम्पुर्ण तयारी पुरा , अधिबेशन १९ कार्तिकमा गाईघाटमा हुदै

कान्छो खवर । मंगलबार, कार्तिक १८, २०८३

गाईघाट  १७  कार्तिक  ।

नेपाली काङ्ग्रेस उदयपुरको बिहिवार हुने  नियमित १५ औं जिल्ला अधिबेशनको सम्पुर्ण तयारी पुरा  भएको छ । वडा , नगर र क्षेत्रको अधिबेशन भएर अब जिल्ला अधिबेशन हुन लागेको  जिल्ला संयोजक बसन्त बस्नेतले बताए ।

उनले अधिबेशनको तयारीकोलागि मंगलबार विभिन्न उपसमिति गठन गरिएको बताए । नेता , कार्यकर्ता उपस्थित रहेको भेलाले संयोजक बस्नेतको अध्यक्षतामा अधिबेशनको मुल समिति गठन गरि विभिन्न उप समिति निर्माण गरिएको क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष तिलक कटुवालले बताए ।

उनले भोजन तथा आवास समिति , युबा स्वयम सेबक परिचालन समिति , प्रचारप्रसार समिति , यातायात ब्यबस्थापन समिति , मंच ब्यबस्थापन समिति लगायत अन्य उप समिति निर्माण गरिएको बताए ।

अधिबेशन भब्य रूपमा सम्पन्न गर्न जिल्लाका सबै गाउँ तथा नगर समितिका अध्यक्ष लगायत कार्य समितिको सबै पदाधिकारीको अनिवार्य उपस्थित गरिएको छ । अहिले दिउसो त्रियुगा नगरपालिकाका सबै वडा सभापतिको बैठक गरेर सबै वडाबाट कार्यकर्ता र स्थानियको उपस्थिति गराउने निर्णय गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्