१८ कार्तिक २०८३, मंगलबार

१८ कार्तिक २०८३, मंगलबार

सोलुखुम्बुमा दुई हेलिकप्टर एकआपसमा ठक्कर खादा एक भारतीय नागरिकको मृत्यु , एक घाइते

कान्छो खवर । मंगलबार, कार्तिक १८, २०८३

गाईघाट  १७  कार्तिक  ।

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा मंगलबार बिहान अवतरणको क्रममा दुई हेलिकप्टर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परि एक भारतीय नागरिकको मृत्यु भएको छ ।

लुक्ला बिमान स्थलबाट उडान भरेर फेरिचेमा अवतरणको क्रममा बिहान ८ .११ बजेको समयमा एयर डाइनेस्टीको 9 N – AOD कलसाइन भएको हेलिकप्टर र फिस्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर एक आपसमा ठोक्किएर दुर्घटना हुदा फिस्टेल एयरमा रहेका दुई बिदेशी नागरिक मध्य भारतीय नागरिक बसन्त बालारामाडुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का घाइते भारतिय मुलका  न्युजिल्यान्डका नागरिक शैलेश कृष्ण पटेल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।  दुबै  पाइलट सामान्य घाइते भएका छन् ।

घाइतेहरुलाई प्रभुको हेलिकप्टर मार्फत मिडिसिटी अस्पतालम उपचारकोलागि लगिएको प्रहरीले जनाएको छ ।मृतकको शब केही बेर अघि लुक्ला अस्पतालमा राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्