२४ आश्विन २०८३, शनिबार

२४ आश्विन २०८३, शनिबार

उदयपुरको प्रमुख जिल्ला अधिकारीमा कृष्णबहादुर शाही , सोमबार हाजिर हुदै

कान्छो खवर । शनिबार, आश्विन २४, २०८३

गाईघाट  २४  असोज  ।

उदयपुरको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयबाट सहसचिव कृष्णबहादुर शाही आउने भएका छन् ।

हिजो शुक्रबारको निर्णय अनुसार शाहीलाई उदयपुरको प्रजिअ पदमा पदस्थापन गरेको हो । गृहले हिजो उदयपुर र अर्घाखाँचीमा दुई सहसचिवलाई प्रजिअमा सरुवा गर्ने निर्णय गरेको हो ।

मेखबहादुर मग्रातीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भए पछी रिक्त रहेको प्रजिअमा गृहले शाहीलाई पदस्थापन गरेको हो । मग्राती ३ महिना उदयपुर बसेर आफैले सरुवा मागेर अख्तियार गएका हुन् ।

नंया आउन लागेको प्रजिअ शाही सोमबार उदयपुरमा हाजिर हुने गृह मन्त्रालयले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्
ताजा अपडेट