२३ आश्विन २०८३, शुक्रबार

२३ आश्विन २०८३, शुक्रबार

गाईघाट बजारमा भएको सवारी दुर्घटना दुई बर्षीया बालिकाको मृत्यु हजुर आमा घाइते , मादक पदार्थ सेवन गरेर चालकले पिकअप भ्यानलाई ठक्कर दिदा सफारी दुर्घटना

कान्छो खवर । शुक्रबार, आश्विन २३, २०८३

गाईघाट  २३   असोज   ।

सवारी दुर्घटनामा शुक्रबार दुई बर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा मृतकी ७० बर्षीया हजुर आमा घाइते भएकी छिन् ।

त्रियुगा नगरपालिका ११ शुभ लक्ष्मी हल अगाडिको सडकमा पानी बोकेको को प्र ०५ – ००१ च ०१९० नम्बरको पिक अप भ्यानलाई  पछाडि बाट आउदै गरेको को प्र ०५ – ००१ ह ०८७६ नम्बरको सिटि सफारीले ठक्कर दिदा सफारीमा सवार बालिका त्रियुगा नगरपालिका ११ का शिबकुमार सदाककी २ बर्षीया छोरी रागिनीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा मृतककि हजुर आमा कन्की सदा घाइते छिन् ।उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । मादक पदार्थ सेबन गरेर गाडी  चलाएर  आउदै गरेको बेला अनियंत्रित भै अगाडिको पिक अप भ्यानलाई सिटिले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गाडीको कागजात नभएकोले चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
ताजा अपडेट