२२ आश्विन २०८३, बिहिबार

२२ आश्विन २०८३, बिहिबार

कटारी – घुर्मी सडक खण्डको अवरोध हट्यो , सोमबार छ्लफल र बार्ता बाट समस्या हल गरिने नगरपालिकाको आश्वासन पछि टिफर ब्याबसायीले गरेको आन्दोलन स्थगित

कान्छो खवर । बिहिबार, आश्विन २२, २०८३

गाईघाट  २२  असोज  ।

चुनढुङ्गा ढुवानी गर्ने टिफर ब्याबसायिले कटारी – घुर्मी सडक खण्डमा गरेको अवरोध हटेको छ । बिहीबार देखि सडक खण्ड अवरोध गरेर प्रदर्शनमा उत्रिएका उनिहरुले केहि बेर अघि बाटो खुला गरेका छन् । अबरुद्ध सडक खुला भए पछी अहिले उक्त सडक खण्डमा यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

कटारी नगरपालिका  ७ मर्जेतपुरका स्थानिय बासिन्दाले विभिन्न माग राखेर चुनढुङ्गा ढुवानीमा अवरोध गरेको बिरोधमा टिफर ब्याबसायीहरुले हिजो देखि सडकमा टायर बालेर कटारी – घुर्मी सडक अबरुद्ध गर्दै आएका छन् ।

स्थानिय बासिन्दाले शौर्य सिमेन्टको चुनढुङा बोक्ने टिफरको कारण गाउ बस्तीमा धुलाम्मे भै पदूषण फैलिएकोले गाउँ बस्ती हुदै खानी क्षेत्र जाने बाटो अर्कै बनाउनु पर्ने माग राख्दै बिगत लमो समयदेखि ब्याबसायी विरुद्ध आन्दोलन गर्दै आएका छन् ।

स्थानिय निकायको पहलमा पटकपटक बार्ता र छलफल भए पनि अहिलेसम्म स्थायी रूपमा समस्या समाधान हुन सकेको छैन । चुनढुङ्गामा अवरोधले आफुहरु मारमा परेको भन्दै टिफर ब्याबसायी आन्दोलनमा उत्रीएको स्थानिय अस्मित पौडेलले बताए ।

कटारी नगरपालिकाकि उपमेयर गिता खड्काले सोमबार सर्बपक्षिय भेला बोलाएर समस्या समाधान गर्ने आश्वासन दिए पछी टिफर ब्याबसायीले आन्दोलन स्थगित गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
ताजा अपडेट