कान्छो खवर । सोमबार, आश्विन १९, २०८३
गाईघाट १९ असोज ।
भारतीय दूतावासका प्रथम सचीव नारायण सिहले भारतबाट नेपाललाई निरन्तर सहयोग र समर्थनले दुई देशबिचको बहुआयामिक र बहु क्षेत्रीय बिकास साझेदारीलाई झल्काउने भएकोले यसले दुबै देशको जनता बीचको आपसी र गहिरो बिश्वास र मित्रताको प्रतीक रहेको बताएका छन् ।
भारतीय सरकारको आर्थिक सहयोगमा त्रियुगा नगरपालिका ५ देउरीमा बन्न लागेको तीन तल्ले नगर अस्पतालको शिलान्यास गर्दै सिहले नेपालमा उच्च प्रभाब सामुदायिक बिकास आयोजना कार्यक्रम अन्तरगत भारत सरकार द्वारा सन् २००३ देखि सबै आयोजनाहरु , स्थानिय सरकार मार्फत स्वास्थ , शिक्षा , खानेपानी , सरसफाइ , ढल निकास , ग्रामीण बिधुतियकरण , जलविद्युत , तटबन्ध तथा नदि नियन्त्रण लगायत नेपाल सरकारका प्राथमिकतामाका क्षेत्रमा जनस्तरमा कार्यान्वयन हुदै आएको बताए ।
नेपाल भारत बिचको मजबुत बिकास साझेदारीका महत्त्वपूर्ण उदाहरण भएको उल्लेख गर्दै उनले नगरपालिकामा स्वास्थ सेवामा पहुँच बढाउन र यश क्षेत्रको जीबनस्तर सुधार गर्न अस्पताल निर्माणले मद्दत पुर्याउने बताए ।
उनले भारत सरकारले कोशी प्रदेशमा १५० वटा एम्बुलेन्स बितरण गरेकोमा उदयपुरमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस विभिन्न बिध्यालयलाई उपलब्ध गराएको जानकारी दिएका छन् ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले भारतीय सरकारले उदयपुरको त्रियुगामा निरन्तर सहयोग गरिरहेकोमा आभार व्यक्त गरेका छन् ।उनले जिल्लाको पुर्बाधार निर्माणमा भारत सरकारको अझ बढी सहयोग गर्न आग्रह गरेका छन् ।
पाच तल्ले अस्पताल भबन निर्माणको कुल लागत २४ करोड भए पनि निर्माण ब्याबसायिले भ्याट सहित १५ करोड ९८ लाखमा ठेक्का पाएको हो । अस्पताल भबनमा भुइँ तल्ला देखि पाचौं तल्ला सम्म विभिन्न स्वास्थ तथा प्रशासनिक सेवाहरुलाई ब्यबस्थित रूपमा समेटिएको छ ।
प्रथम सचीव सिहले यस अघि भारतीय सरकारको लगानीमा श्रीपुरमा निर्माण सम्पन्न भैसकेको खानेपानी आयोजनाको उद्घाटन गरेका थिए ।