२१ आषाढ २०८२, शनिबार

राजनतिक दलहरु, जनता र राजा बिच समझदारी आवश्यक

कान्छो खवर । बिहिबार, कार्तिक १६, २०८०

गाईघाट, १६ कात्तिक
राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय उपाध्यक्ष रबिन्द्र मिश्रले दिगो र स्थायी शान्तिका लागि राजनतिक दलहरु जनता राजा बिच नबिनतम समझदारी आवश्यक रहेको औल्याए । देश नजानिदो तरिकाले भल्खाडोमा पुगेको बताउँदै त्यसलाई बचाउन पनि त्रिपक्ष रुपमा राजनितिकहरु जनता र राजा बिच नबिनतम समझदारी गरि २०४७ सालको संबिधान ब्युताउँन पर्ने राष्ट्रिय प्रजातन्त्र पाटी उदयपुरले गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाटमा बिहिवार बताएका हुन ।
उनले भने देश भिरमा पुगि सकेको छ यो कति बेला खस्ने हो थाहा छैनन् । देश खतरनाक बिन्दुमा पुगि सकेको छ अब राजनितिक दलहरु जनता र राजा बिच शान्तिपूर्ण संक्रमणको आधारमा २०४७ सालको संबिधान ल्याएर त्यसमा ०६२÷०६३ सालको उपलब्धीलाई समेटेर संशोधन गरि अघि बढ्नु पर्नेमा उनको जोड थियो ।
अहिले देश अपराधिकरण हुँदै गएको छ । दिउँसै खुडा प्रहार गर्नेलाई राष्ट्रपतिले निकास्छ । सामाजिक र आर्थिक रुपमा अराजक गतिबिधि भई रहेको छ । आर्थिक रुपमा देश टाट पल्टि सकेको छ । ५० प्रतिशत सटर बन्द भई सक्यो, यो राम्रो संकेत होईन । नेपालको गौरब पूर्ण ईतिहास जोगाउने हो भने पनि राजसंस्था आवश्यक रहेको उपाध्यक्ष मिश्रले बताए । उनले भने राजा नभएर १२ वर्षमा हुने खड्ग जात्रा हुन सकेको छैनन् स्वयम्भुमा हुन १२ वर्षे संयोग पुजा हुन सकेको छैनन् १२ वर्षमा लाग्ने बुङमतिको पुजा हुन नसकेको बताए ।
उनले बिचार भन्दा माथि देशलाई राखेर हेर्न आग्रह गरे । उनले ०६२÷६३ सालको आन्दोलनको कुनै औचित्य नभएको बताए । माओवादी र सात राजनितिक दलहरुले गरेको आन्दोलनको कुनै औचित्य छैनन । माओवादीले गरेको १० वर्षे जनयुद्ध मध्ये साँढे आठ वर्ष बिदेशमा बसेर गरेको भनि उनीहरुले नै भन्दै हिडेको छ । बिदेशीको ईसारामा यहाँ जनयुद्ध गरेर निहत्था जनताको हत्या आतक मचाएको आरोप लगाए ।
माओवादीको कारण आर्थिक रुपमा देश ३० वर्ष पछि धकेलिएको जनाउँदै आर्थिक र सामाजिक क्षति भरण गर्न सक्ने अवस्थामा नरहेको उनको भनाई रहेको छ । देशमा अहिले खतरनाथ संकेत देखिन थालेको छ । दिगो बिकास दिगो स्थायी शान्तिका लागि पनि नबिनतम समझदारी आवश्यक हो ।
राष्ट्र राज्य क्षयिकरण हुँदै गएकोले राष्ट्रिय आवश्यकताले राजा ल्याउन पर्ने अपरिरार्य देखिएको छ । उनले बिभिन्न देशमा राज फर्किएको ईतिहास दोहो¥याए । एकताको प्रतिक राजसंस्था हो । बृहतर राष्ट्रिय हितको लागि सम्झौता गरेको हुन्छ तर यहाँ त्यो छैनन् । त्यसो हुँनाले स्थायी शान्ति र स्थिरताका लागि राजा, जनता र राजनितिक दलहरु बिच सम्झौता आवश्यकता हुन्छ । राजसंस्था पुनस्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पाटीले जनआन्दोलनको तयारीमा हामी लागेकाछौं । देशलाई परेको बर्तमान संकटबाट माथि उकास्न बिचार भन्दा माथि उठेर राष्ट्रिय प्रजातन्त्र पाटीले तय गरेको एजेन्डामा आउन उनले आब्हान गरे ।

यहाँ कमेन्ट गर्नुहोस्