१४ आश्विन २०८३, बुधबार

१४ आश्विन २०८३, बुधबार

त्रियुगा नगरमा डेङगी फैलदै , भारत यात्रा गरि फर्किएर आएका २० जना मध्य १० जनाम डेङगी सङ्क्रमीत पुष्ठि

कान्छो खवर । बुधबार, आश्विन १४, २०८३

गाईघाट  १४  असोज  ।

त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गी रोग फैलदै गएको छ । एक हप्ता यता उक्त रोगबाट झन्डै १० जना सङ्क्रमित भएका छन्  । भारत तिर्थ यात्रा गरेर फर्किएका २० जना मध्य १० जना डेङ्गीबाट सङ्क्रमित भए पछि उनिहरुको गाईघाटस्थित निजि स्वास्थ क्लिनिकमा उपचार भैरहेको छ ।

ठाकुर पोलिक्लिनीक गाईघाटका सन्चालक खुसिलाल ठाकुरले डेङ्गी सङ्क्रमित बिरामीको क्लिनिकमा उपचार भैरहेको बताए । उनिहरु केहि दिन अघि भारत भ्रमण गरेर फर्कनु भएको रहेछ , टोलीमा रहेका दस जनामा सङ्क्रमीत भएको पुष्टि भएको छ। उनलेे भने ।

 

केहि दिन यता निरन्तर ३ दिन भारी बर्षा भए पछी डेङ्गी रोग नगर क्षेत्रमा फैलिएको हुन सक्ने उनले बताए ।  उनले सबै बिरामीको अबस्था भने जटिल नरहेको बताए ।

उनले अहिले पनि क्लिनिकमा डेङ्गी सङ्क्रमित १/२ जना बिरामी आउने गरेको उनले बताए ।

जिल्ला स्वास्थ कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरले डेङ्गी रोग नियन्त्रणकोलागी स्थानिय तह सग समन्वय गर्दै काम गरिरहेको बताए । हामीले त्रियुगा र कटारी नगरपालिकामा डेङ्गी सम्बन्धि गोष्ठी गरि सकेका छौ , बाकी अरु नगरपालिका र गाउपालिका चाडै कार्यक्रम संचालन गर्न लागेका छौं  ।उनलेे भने ।

 

कार्यालयमा डेङ्गी नियन्त्रण सम्बन्धि छुट्टै बजेट छैन तर पनि डेङ्गी जाँच गर्ने कीट सबै स्थानिय तहमा पठाएका छौं । उनलेे भने । डेङ्गी सार्ने लामखुट्टे फैलन नपाओस भन्ने उदेश्य अनुसार लामखुट्टे लुक्ने ठाउ खोजी गरेर लार्भा नस्ट गर्ने अभियान तीब्र रूपमा सन्चालन भरहेको उनलेे बताए ।

स्थामिय तह , जिल्लास्थित सुरक्षा निकाय , बिध्यालय , सरकारी कार्यालय , संघ सस्था , महिला स्वयमसेबीलाई समेत डेङ्गी नियन्त्रण अभियानमा जोडेर स्वास्थ कार्यालयले नियन्त्रणको काम गरिरहेको प्रमुख ठाकुरले बताए ।

जिल्ला स्वास्थ कार्यालय उदयपुरका वरिष्ठ ल्याब टेक्निसियन लौकाजी राईले चालू बर्षको साउन र भदौ महिनामा जिल्लामा ४९ जनामा डेङ्गी सङ्क्रमित पुष्ठि भएको बताए । उनले त्रियुगामा २३ , बेलकामा २३ , चौदण्डीगढीमा २ र कटारी नगरपालिकामा १ जना सङ्क्रमित भएको बताए ।

गत बर्ष २०८२/०८३ मा जिल्ला भरी ४६ जना डेङ्गी रोगी देखिएकोमा चालू बर्षको दुई महिना मै सङ्क्रमितको संख्या गत बर्ष भन्दा बढी भएको राईले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्