३० भाद्र २०८३, मंगलबार

बादरलाई हानेको गोली मान्छेलाई लाग्दा खोटाङमा एक जनाको मृत्यु

कान्छो खवर । मंगलबार, भाद्र ३०, २०८३

गाईघाट   ३०   भदौ  ।

खोटाङमा गोलि लागेर एक जनाको मृत्यु भएको छ ।बादर भगाउन हानेको गोली लागेर ५३ बर्षिय श्याम तामाङको मंगलबार दिउसो मृत्यु भएको हो ।

टाउकोमा गोलि लागेको उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्कीस्थित जंगलमा दिउसो २.३० बजे उक्त घटना भएको प्रहरी निरीक्षक निराजन बस्नेतले बताए ।

गोलि हान्ने ५४ बर्षिय भलबहादुर तामाङलाई प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक सहित पक्राउ गरेको छ । प्रहरीले दुबै जना बादर भगाउन जङ्गल गएको जनाएको छ । मृतकको शब पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।

घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्