कान्छो खवर । सोमबार, भाद्र ०८, २०८३
गाईघाट ८ भदौ ।
प्रहरीले उदयपुरको कटारीदेखि सोमबार बिहान १९९ केजी गाजा सहित टिफर चालकलाई पक्राउ गरेको छ ।
बेतिनीदेखि कटारी तर्फ आउदै गरेको ना ७ ख ८१७३ नम्बरको टिफर चेकजाँचको क्रममा ६ वटा बोरामा प्याक गरेर राखेको १९९ केजी गाजा सहित चालक रुपन्देही देबदह नगरपालिका ७ घर भै कटारी नपा ४ बस्ने २१ बर्षिय सोम मगर पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कटारीको संयुक्त प्रहरी टोलीले बिहान १ .४५ बजेको समयमा कटारी नपा ४ मरुवा खोला नजीकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीले चालक , गाजा र टिफरलाई ईलाका प्रहरी कार्यालय कटारीमा राखेर अनुसन्धान सुरु गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्