कान्छो खवर । सोमबार, आश्विन २६, २०८३
गाईघाट २६ असोज ।
प्रहरीले कटारी र चौदण्डीगढीको विभिन्न स्थान बाट १ हजार १ सय केजी गाजा सहित एक जनालाई पक्राउ गरेको छ । गाजा ओसारपसारमा प्रयोग गरिएको एक पिकअप भ्यान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान २ बजेको समयमा चौदण्डीगढी नगरपालिका १ चारघरेस्थित रानीटार- बेल्टार भित्री सडक खण्डबाट २९ वटा प्लास्टिकको बोरा भित्र प्याक गरेर बा १४ च २२५५ नम्बरको बोलेरो गाडीमा लोड गरेर राखिएको अबस्थामा ९४० केजी ४४० ग्राम गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बेवारिसे अबस्थामा रहेको गाडी धनीको खोजी भैरहेको प्रहरीले जनाएको छ । गस्तीमा रहेको प्रहरीले गाजा सहित बोलेरो गाडी बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले आइतबार राती कटारी नगरपालिका ६ स्थितसागुरी पुल नजिकैको जङ्गलबाट ५ वटा बोरामा प्याक गरेर तीन तल्ले बाट जङ्गलको बाटो हुदै सिरहा तर्फ लादै गरेको अबस्थामा राति १०.२० बजेको समयमा ११० केजी गाजा सहित ओसारपसारमा संलग्न ताप्ली गाउपालिका २ का २२ बर्षिय बिश्वराज राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।