०५ साउन २०८३, मंगलबार

हात्तीमारा खोला खोजी गर्न स्थानिय युबाहरुले प्रमुख जिल्ला अधिकारीलाई सहयोग मागे

कान्छो खवर । सोमबार, साउन ०४, २०८३

गाईघाट  ४  साउन  ।

हात्तीमारा खोला संरक्षण अभियान सचेत युवा नागरिक समूहले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ७ बुदे ज्ञापन पत्र बुझाएका छन् ।

हात्तीमारा तथा त्रियुगा खोला सार्वजनिक जग्गा संरक्षण , अतिक्रमण हटाउने , प्राकृतिक स्रोतको रक्षा गर्ने उदेश्य अनुरुप अभियन्ता राहुल यादवको नेतृत्वमा गरेको युवाहरुको टोलीले दिउसो प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीलाई ज्ञापन पत्र बुझएका हुन् ।

बिगत केही बर्ष यता हात्तीमारा र त्रियुगा नदि अतिक्रम गरि भुमाफियाले खोलाको जग्गा  बिक्रीवितरण गरेर नदिको अस्तित्व नामेट पारेको र सो कार्यमा संलग्न ब्यक्तिलाई कानुनी कारबाहीको माग गर्दै अतिक्रमित क्षेत्रबाट बस्ती हटाउन ऊनीहरुले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

हात्तीमारा र त्रियुगा नदि अतिक्रमणको चपेटामा परे पछी २०७९ साल भदौ देखि उनिहरुले हात्तीमारा खोला संरक्षण अभियान नै संचालन गरेर स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालय मार्फत खोलाको जग्गा खोजी सुरु गरेको भए पनि उनिहरुले ती निकायहरुबाट सहयोग नपाएको अगुवा राहुल यादवले बताए ।

अहिले सरकारले अतिक्रमित  सरकारी जग्गा , सार्वजनिक  नदि नाला बाट घाटो खोजी गर्दै अतिक्रमित क्षेत्रबाट बस्ती हटाउने कार्य स्थानिय तह र जिल्ला प्रशासन मार्फत सुरु गरेकोले पुन सोही अभियान सुरु गरिएको यादवले बताए ।

उनले प्रजिले आफुहरुले उठान गरेको माग पुरा गर्ने प्रतिबद्धता जनाएको बताए । बजारको दक्षिणी भाग भएर बग्ने हात्तीमारा नदिको अहिले  नामो निसान देखिदैन । नदि अतिक्रम गरि भुमाफियाले खोलाको जग्गा बिक्रि गरेर उक्त ठाउँमा बस्ती बसेको छ ।

त्रियुगा नदिको झन्डै ३० बिगाह जति जग्गा भुमाफियाले नापी र मालपोतको कर्मचारीलाई आर्थिक प्रभावमा पारेर आफ्नो नाममा लालपुर्जा निकालेर बिक्रीवितरण गरेको स्थानिय समाजसेबि रबिन्द्रकुमार चौधरीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्