३२ आषाढ २०८३, बिहिबार

आजदेखि गाईघाटमा विशेषज्ञ सहितको हस्पिटल संचालन

कान्छो खवर । बिहिबार, आषाढ ३२, २०८३

गाईघाट  ३२   असार  ।

गाईघाट बजारमा बिहिवारदेखि अत्याधुनिक सेवा सुबिधा सहितको मल्टिस्पेशालिटी हस्पिटल संचालनमा आएको छ ।

चिकित्सक र स्थानिय औसधि ब्यबसाहीको संयुक्त लगानीमा विशेषज्ञ सहितको चिकित्सक टोलीले उक्त अस्पताल संचालन गरेका हुन् ।

हस्पिटलले बिहान एक कार्यक्रमको आयोजना गरि सेवा सुरु गरेको हो । हस्पिटलको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले गरेका हुन् । उद्घाटन कार्यक्रम उनले गरिब असाहय ब्यक्तिलाई अस्पतालले निशुल्क सेवा सुबिधा दिएर सहयोग गर्न आग्रह गरेका छन ।

मेयर बस्नेतले नगरमा संचालनमा आएको अस्पताललाई नगर प्रमुखको हैसियतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

झन्डै २ करोड रुपैयाको लगानीमा खुलेको हस्पिटलले २४ औं घन्टा आकस्मिक सेवा , ओपिडी , रेडियोलोजि , शल्यक्रिया , आईसियु , स्त्री तथा प्रसुती सेवा र अर्थोपेडिक सेवाको साथै अत्याधुनिक प्रयोगशालाबाट बिरामीलाई विभिन्न किसिमको रोग जाच गरिने छ ।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत जेष्ठ नागरिककोलागि बेड भर्ना  र स्वास्थ उपचार निशुल्क गर्ने र सहिद परिबार , रास्ट्र सेबक कर्मचारी , नेपाली सेना , नेपाल प्रहरी तथा जनआन्दोलनका घाइतेलाई बेड भर्नामा ५० प्रतिशत र ल्याब जाचमा २५ प्रतिशत छुटको ब्यबस्था गरिएको छ ।

 

 

 

 

यहाँ कमेन्ट गर्नुहोस्