कान्छो खवर । बिहिबार, आषाढ ३२, २०८३
फोटो : सामाजिक संजाल
गाईघाट ३२ असार ।
खोलामा नुहाउने क्रममा बुधबार दिउसोदेखि बेपत्ता भएका एक बालकको शब बिहीबार बिहान सिरहाको बन्दिपुरस्थित चिसापानी क्षेत्रमा फेला परेको छ ।
कटारी नगरपालिका २ गरासस्थित गौरीटोलका चाबा तामाङका छोरा ९ बर्षिय गणेशलाई नाराङ्गे र कमला खोलाको दोभानमा नुहाउने क्रममा बगाएको प्रहरीले जनाएको छ ।
कटारी नपा २ का वडा अध्यक्ष प्रेम थापाले बालकको हिजोदेखि खोजी भैरहेकोमा आज बिहान् शब फेला परेको बताए । प्रहरी , स्थानिय वासिन्दा र बालकको आफन्त मिलेर खोजी कार्य जारी थियोे , उनले भने ।खोजी कै क्रममा बालकको शब फेला पर्यो । उनले भने ।
प्रहरी घटना स्थानमा पुगेर शबको मुचुल्का उठाई पोस्ट मार्टमकोलागि शब कटारी अस्पतालमा ल्याएर राखिएको उनले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्