३१ आषाढ २०८३, बुधबार

कारागारमा सुतेकै अबस्थामा कैदिको मृत्यु

कान्छो खवर । बुधबार, आषाढ ३१, २०८३

गाईघाट   ३१   असार  ।

खोटाङ कारागारमा एक जना कैदीको सुतेकै अबस्थामा मृत्यु भएको छ ।सवारी ज्यान मुद्दामा दुई बर्षकालागि कैद भुक्तान गरिरहेका साकेला गाउपालिका ४ मात्तिम पारुङका २३ बर्षिय निसान राईको मंगलबार मध्य राति दिक्तेल मुडेस्थित कारागारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाना खाएर सुतेका राई मध्य राति बेहोस अबस्थामा भेटिए पछी उपचारकोलागि जिल्ला अस्पताल दिक्त्तेल लगिएकोम चिकित्सकले मृत घोषणा गरेको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले बताए ।

कैद भुक्तान गरेर राई साउन ३१ गते कारागारबाट छुट्दै थिए । उनको शब अस्पतालमा पोस्टमार्टम पछि परिबारलाई बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्