कान्छो खवर । बुधबार, जेठ २७, २०८३
गाईघाट २७ जेष्ठ ।
उदयपुरको लिम्चुङबुङमा बुधबार बिहान भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
ढुङ्गा बोकेर वडा नम्बर १ को वडा कार्यालय तर्फ आउदै गरेको म. प्र .००१ त २८४० नम्बरको ट्याक्टर बिहान ५.३० बजेको समयमा ब्रेक फेल भएर सडकदेखि झन्डै ५० मिटर तल खोलामा खस्दा गाडीका चालक सोही ठाउका ३२ बर्षिय हिमाल राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त गाउपालिकाको १ र ३ वडाको सिमानामा पर्ने सेतिखोलामा ट्याक्टर खसेको प्रहरीले जनाएको छ ।उकालो र भिरालो कच्ची बाटो बीचमा ट्याक्टर फसे पछि निकाल्ने क्रममा अनियंत्रित भै ब्रेक फेल भएर ट्याक्टर ब्याक सरेर माथि बाट खसेको प्रहरीले जनाएको छ।
गाडीका सहचालक २७ बर्षिय प्रदिप राई भने सकुशल रहेका छन् । शब पोस्टमार्टमकोलागि जिल्ला अस्पतालमा ल्याउने तयारी भैरहेको छ।
यहाँ कमेन्ट गर्नुहोस्