कान्छो खवर । मंगलबार, जेठ २६, २०८३
गाईघाट २६ जेष्ठ ।
रास्ट्रिय स्वतन्त्र पार्टी उदयपुरको पहिलो अधिबेशनले चित्र कार्कीलाई अध्यक्षमा निर्बाचित गरेको छ ।सोमबार राति भएको मतगणनामा कार्कीले ११३ मत ल्याएर अध्यक्षमा निर्बाचित भएका हुन् ।
कार्कीको प्रतिद्वन्दी जनक बस्नेतले ८१ मत ल्याएका छन् ।त्यसै गरि १०१ मत ल्याएर किरण राउत उपाध्यक्षमा निर्बाचित भएका छन् । उनको प्रतिद्वन्दी कृष्णकुमारी घिमीरे श्रेष्ठले ८५ मत ल्याएकी छिन् ।
सचीवमा सुर्य लामा निर्बाचित भएका छन् । लामाले ९६ मत ल्याएका छन् । उनको प्रतिद्वन्दीहरु भुबन खतिवडाले ७५ र जनार्दन कार्कीले २० मत ल्याएका छन् ।सह- सचीवमा सुर्यकुमार राई १११ मत ल्याएर निर्बाचित भएका छन् ।प्रतिद्वन्दी हुकुममणि पाण्डेले ८२ मत ल्याएका छन् ।
सदस्यहरुमा कौशिला कार्की , अम्बरबहादुर तामाङ , गुरुदेब कार्की र हेमकुमारी चौधरी निर्बाचित भएका छन् ।
क्षेत्रीय सभापति तर्फ , उदयपुर क्षेत्र नम्बर १ को सभापतिमा उद्घब कार्की निर्बाचित भएका छन् । उपसभापति ” ख ” मा बासु थापा र पबन कार्की निर्बिरोध भएका छन् । क्षेत्र नम्बर २ मा सामर्थ थापा अध्यक्षमा निर्बाचित भएका छन् भने उपसभापतिमा दिनेश कार्की निर्बाचित भएका छन् ।