कान्छो खवर । आइतबार, जेठ २४, २०८३
गाईघाट २४ जेष्ठ ।
प्रहरीले लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सनिवार साझ ४ बजेको समयमा त्रियुगा नगरपालिका ११ ज्योति टोल देखि २ मिलि ग्राम ब्राउन सुगर सहित २५ बर्षिय अभिषेक कार्की ढोली र ३० बर्षिय फिलेमान साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शरीर चेकजाँचको क्रममा उनिहरुलाई पक्राउ गरिएको जनाएको छ । उनिहरुको साथ बाट एक थान स्कुटर र मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरु लागूऔषध सेबनकर्ता र कारोवारि रहेकोे खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्